एजेन्सी– भारतका चर्चित कमेडियन कपिल शर्माले डिजिटल प्लेटफर्ममा पनि अब कार्यक्रम गर्ने भएका छन् । केही समय पहिले कार्यक्रमहरुबाट हराएका कपिलले आजभोलि निकै राम्रो गर्न थालेको उनको परिवारको स्रोतलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले लेखेका छन् ।
कपिलको टिमले अहिले डिजिटल प्लेटफर्मको विषयमा अध्ययन गरिरहेकाले उनको सो छिट्टै डिजिटल फर्ममा आउन सक्ने अनुमान गरिएको छ । कपिलले अब डिजिटल प्लेटफर्ममा चाहिँ नयाँ प्रतिभाशाली कलाकारलाई साथ दिने अनुमान गरिएको छ । तर, यो योजना अहिले प्रारम्भिक चरणमा भएकाले कहिले देखि सुरु हुन्छ भन्ने चाहिँ खुलाइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।