सरकारले अभिभावकको अनुमतिमा विद्यार्थीहरूलाई रुस पठाउने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थीलाई अभिभावकको प्रतिबद्धतापछि अनुमतिपत्र दिइने बताएकी हुन्।
बिहीबार सिंहदरबारमा अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले यस्ताे बताएकी हुन्। सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमतिपत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो।
रुस र युक्रेनबीचको युद्धका कारण सरकारले रुस जाने तयारीमा रहेका ४० विद्यार्थीको अध्ययन अनुमतिपत्र रोकेको थियो। मन्त्री भट्टराईले रुसमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको धारणा राखिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।