logo-img

युक्रेनसँग वार्ता गर्न रुस तयार छ– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न आफू तयार रहेको बिहीवार बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए ।

युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा सीमा पार आक्रमण शुरू गर्यो र हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्यो । त्यसलगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताएका थिए । 

भ्लाडिभोस्टक शहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उनले आफू वार्ताका लागि तयार रहेको तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किभका वार्ताकारहरूबीच रद्द भएको सम्झौताका आधारमा वार्ता हुनुपर्ने बताए । हुन पनि सार्वजनिक नगरिएका उक्त सम्झौताका शर्तहरू कहिल्यै पूरा भएका छैनन् ।

‘के हामी उनीहरूसँग वार्ता गर्न तयार छौँ ? हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ तर केही अल्पकालीन मागहरूका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्तावेजहरूका आधारमा वार्ता गर्न तयार छौँ,’ पुटिनले भने । 

मस्कोले युक्रेनमा आक्रमण शुरू गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ ।

‘हामी एउटा सम्झौतामा पुग्न सफल भयौँ, कुरा यही हो, उक्त दस्तावेजमा हस्ताक्षर गर्ने युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखको हस्ताक्षरले यसको प्रमाण दिन्छ, यसको अर्थ युक्रेनी पक्ष सामान्यतया सम्झौताहरूबाट सन्तुष्ट थियो,’ उनले भने, ‘उनीहरूलाई यस्तो नगर्न आदेश दिइएकाले सम्झौता लागु भएन किनकी संयुक्त राज्य अमेरिका, युरोप, केही युरोपेली मुलुकहरू रुसको रणनीतिक हार हासिल चाहन्थे ।’





  • प्रकाशित मिति : भदौ २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया