logo-img

संविधानले दिएका अधिकार प्रयोग गर्न संविधान बुझ्न जरुरी छ : अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रा.मौलाना महोम्मद रमजान अली मियाँलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहिबार प्रा.मौलाना महोम्मद रमजान अली मियाँद्वारा लिखित ‘नमाज’ पुस्तक लोकार्पण कार्यक्रममा उनले मियाँले लेखेका पुस्तकहरुले समाज रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै त्यसको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले भने, ‘प्रा.मौलाना महोम्मद रमजान अली मियाँमा भएको क्षमता अद्भुत नै छ । कलिलै उमेरदेखि लेखन क्षेत्रमा लागेको यो उमेरमा आइपुग्दा ४० वटा पुस्तक लेख्ने कुरा अरु केही पुस्तकहरु पाइप लाईनमा छ भन्ने कुरा छ उहाँले लेखनलाई जीवन पद्धती बनाउनु भएको छ मलाई लाग्छ समाज रुपान्तरणको लागि उहाँले महत्वपूर्ण भूमिका खेल्नु हुन्छ र त्यसको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चहान्छु ।’

यसको साथै, उनले २०७२ को संविधान अहिलेसम्मको सबैभन्दा राम्रो संविधान भएको भन्दै संविधानले दिएका अधिकारहरुलाई जीवनमा लागु गर्नका लागि संविधान बुझ्न जरुरी रहेको बताए । 

उनले भने, ‘२०७२ को संविधान अहिलेसम्मको सबैभन्दा राम्रो संविधान भनेर सबै नेपालीले मानेका छौ । संविधानमा सबै जातजाती, वर्ग, त्यसमा पनि विशेष गरेर उत्पीडनमा रहेको वर्गलाई अधिकार सम्पन्न गराउनेमा अलि बढि केन्द्रीत छ त्यो संविधान तर हामीले संविधान अलि गम्भीरताका साथ पढ्न जरुरी छ । त्यहाँ धेरै अधिकारहरु छन् ती अधिकारहरुलाई जीवनमा लागु गर्नका लागि संविधान बुझ्न जरुरी छ ।’ 





  • प्रकाशित मिति : भदौ २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया