नेपाल पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकले जोशीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सिइओको रुपमा काम गरिसकेका छन् ।
बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनाेट उपसमिति’ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीनजनाको नाम सिफारिस गरेको थियो ।
तत्कालीन सिइओ धन्ञ्जय रेग्मीको कार्यकाल ०८० माघ १४ मा सकिएपछि बोर्ड सिइओविहीन थियो । तत्कालीन पर्यटन सचिव दीपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सिइओका लागि दर्खास्त मागेकाे थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।