सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव हुन् ।
बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त थियाे ।
गत १३ साउनमा सरकारले दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।
शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको २४ वटा निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख थिएन । तर, शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको छ ।
यसअघि निर्वाचन आयोगसहितका निकायमा सचिवको रुपमा काम गरिसकेका दुवाडीले अब गृह प्रशासनको प्रशासनिक नेतृत्वको सम्हाल्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।