युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई २–० गोलको अन्तरले हराउँदै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डको जितमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरे । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो ।
खेलको ११ औं मिनेटमा राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । २६ औं मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि इंग्ल्याण्ड २–० को जित दर्ता गर्न सफल भयो ।
यही समूहमा रहेको ग्रीकले फिनल्याण्डविरुद्ध ३–० को सहज जित दर्ता गर्यो । ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।
२३ औं मिनेटमा इओनिडिसले गोल गर्दै ग्रीकलाई अग्रता दिलाए । ३७ औं मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रीकको अग्रता दोब्बर भयो ।
७६ औं मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रीक ३–० को सहज जित निकाल्न सफल भयो । समूह २ मा ग्रीकले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।
आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।