क्यानडासँगको मैत्रीपूर्ण फुटबल खेलमा अमेरिका २–१ ले पराजित भएको छ । ऊ क्यानडासँग ६७ वर्षपछि पराजित भएको हो ।
यसअघि अमेरिकाले क्यानडासँग सन् १९५७ मा पराजय बेहोरेको थियो । त्यसयता ऊ क्यानडाविरुद्ध अपराजित थियो । शनिबार भएको खेलमा भने अमेरिका घरेलु मैदानमै क्यानडासँग स्तब्ध भयो ।
क्यानडाको जितमा ज्याकोब शाफेलबर्ग र जोनाथन डेभिडले एक/एक गोल गरे । अमेरिकाका लागि लुका डे ला टोरेले एक गोल फर्काए ।
चिल्ड्रेन्स मर्सी पार्कमा भएको खेलमा ७औँ मिनेटमा शाफेलबर्गले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाए ।
यस्तै, डेभिडले ५८औँ मिनेटमा गोल गर्दै क्यानडलाई २–० ले अघि बढाए । ६६औँ मिनेटमा लुका डे ला टोरेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि गोल हुन नसकेपछि अमेरिकन टिमले साढे १० हजार दर्शकसामु पराजय बेहोर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।