नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गरेका छन् । उनी फलोअप उपचारका लागि आइतबार मध्याह्न १२ बजे चीन प्रस्तान गरेको उनकाे सचिवालयले जनाएको छ ।
वंशाणुगत जन्डिसको समस्या रहेका पुनकाे उपचार नेपालमा सम्भव नभएपछि उनी ०७८ असोज १३ मा थाइल्याण्डको समितिभेज अस्पताल गएका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनी थप उपचारका लागि ०७८ मंसिर १० मा चीन गएका थिए ।
चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उनले नियमित फलोअप चेकजाँच गर्दै आएका छन् । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन-चार दिनमा फर्किनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।