logo-img

पलेशालाई पाँच लाख नगदसहित कांग्रेसकाे सम्मान

पेरिस पाराओलम्पिकमा कास्यपदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख नगदसहित सम्मान गरेको छ ।

आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र पुरुषतर्फ नेपालको लागि चुनौती प्रस्तुत गरेका भरत सिंह महतरालाई ५० हजार रुपैयाँ पनि दिइएको छ ।

सभापति देउवाले ऐतिहासिक सफलता दिलाएकोमा पलेशालाई बधाई दिए । खेलकुद क्षेत्रको विकासका लागि कांग्रेस सदैव लागि रहने उनले बताए ।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।





  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया