प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता हुँदै छ ।
बैठकमा कोशी प्रदेशकाे मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा रहेकाे बताइएकाे छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई ४:३० बजेका लागि बालुवाटार डाकेका हुन् ।
दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयकबारे छलफल गर्ने तय भएको छ ।
कांग्रेसले कोशी प्रदेश सरकारमा आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई बुझाउन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
कांग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागबण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन नसकेको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।