नेपाल प्रहरीले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजनालाई पक्राउ गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासकाे समन्वयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भएका २८ वर्षीय अनिल कुमार महतो, झापा घर भएका ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभा घर भएका ४३ वर्षीय सुवास ढकाल छन् ।
उनीहरूले एसइई र प्लस टूको नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट बनाई पेस गरेका थिए । उनीहरूलाई दूतावाससँगको समन्वयमा शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र र कागजातसहित पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि चारैजनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।