आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।
बैठकमा सरकारको कामको मूल्यांकन र न्यूनतम साझा कार्यक्रम बनाउनेलगायत छलफलका विषय रहेका छन् भने जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।
पछिल्लाे समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारप्रति आक्रामक देखिएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड शान्ति प्रक्रियाप्रति इमानदार नदेखिएकाे आराेप लगाउँदै आएका छन् । आजकाे बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।