logo-img

यौनजन्य अपराध आरोपमा आफूलाई 'परमेश्वरबाट नियुक्त छोरो' दाबी गर्ने पास्टर पक्राउ

यौनजन्य अपराधको आरोपमा फिलिपिन्समा एक पास्टर पक्राउ परेका छन् । आफ्नै देश फिलिपिन्स र अमेरिकामा वान्टेड रहेका एक पास्टर पक्राउ परेका हुन् ।

आफूलाई ‘अपोइन्टेड सन अफ गड’ अर्थात् परमेश्वरले नियुक्त गरेको छोरो दाबी गर्ने अपोलो क्विबोलोइलाई प्रहरीले उनकै चर्चबाट छापा मारेर पक्राउ गरेकाे हाे । 

अपोलो तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेको आध्यात्मिक सल्लाहकारको पदमा नियुक्त थिए । सन् २०२२ को जुनमा रोड्रिगो राष्ट्रपतिबाट हटेसँगै फिलिपिनो अधिकारीहरुले अपोलोविरुद्ध बाल दुर्व्यहार, यौन दुर्व्यहार र मानव तस्करीको आरोप लगाएर पक्राउ पुर्जी जारी गरेका थिए ।

छापाको दौरान अपोलोको हजारौँ समर्थक र प्रहरीबीच भएको हिंसात्मक द्वन्द्वमा परेर एक चर्च सदस्यको मृत्यु भएको थियो । उनकाे मृत्यु हृदयघातका कारण भएकाे बताइएकाे छ ।

अपोलोले भने आफूविरुद्ध लगाइएको सम्पूर्ण आरोप झुटो भएको दाबी गरेका छन् । किङगडम अफ जिसस क्राइस्ट (केओजेसी) नामक उनको चर्चमा ७० लाख अनुयायी भएको दाबी गरिएको छ ।

सन् २०२१ मा युएस डिपार्टमेन्ट अफ जस्टिस (डिओजे)ले अपोलोलाई बालबालिका यौन बेचबिखन, ठगी, रकम तस्करी र कणर्नीको आरोप लगाएको थियो ।





  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया