बंगलादेशको अन्तरिम सरकारले नेपालबाट बिजुली लैजान तयार रहेको बताएको छ । बंगलादेशले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बिजुली लैजान तयार रहेको भन्दै प्रस्ताव गरेको हो ।
दशैँअघि नै तीन देशका प्रतिनिधि बसेर काठमाडौंमा सम्झौता गर्ने तयारीमा जुटेकाे ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले बताएका छन् । उनका अनुसार उनीहरु सकारात्मक भएपछि सम्झौताको प्रक्रिया अघि बढेको छ ।
नेपाल, भारत र बंगलादेशका मन्त्रीको उपस्थितिमा विद्युत व्यापार सम्झौता गर्न लागिएको हो । त्रिपक्षीय सम्झौता गएको साउन १३ गते (जुलाई २८) गर्ने तयारी थियो । तर बंगलादेशमा आन्दोलन चर्किएपछि सम्झौता रोकिएको थियो ।
नयाँ अन्तरिम सरकार बनेपछि त्यतिबेला सम्झौता हुन सकेको थिएन । नयाँ सरकार गठन भएपछि उसको समेत प्राथमिकतामा परेपछि विद्युत सम्झौताको विषयमा पुन: प्रक्रिया अघि बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।