logo-img

‘ग्राण्ड मल्टि-डेस्टिनेसन एडमिशन डे’ आयोजना गर्दै हब इन्टरनेशनल एजुकेसन

शैक्षिक परामर्श क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको हब इन्टरनेशनल एजुकेसनले मंगलबार (भोलि) ‘ग्राण्ड मल्टि-डेस्टिनेसन एडमिशन डे २०२४’ आयोजना गर्ने भएको छ ।

दुई दिन आयोजना हुने यस कार्यक्रमले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई आफ्नो सपना पूरा गर्न थप सहयोग पुग्ने बताइएको छ । १० र ११ सेप्टेम्बरमा हुने कार्यक्रम हबको केन्द्रीय कार्यालय हात्तीसार र शाखा कुमारीपाटी ललितपुरमा आयोजना हुनेछ ।

मंगलबार हत्तीसारस्थित कार्यालय तथा बुधबार कुमारीपाटीमा बुधबार हुने हबले जनाएको छ । उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकले विश्वभरका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी तथा आफूलाई लागेको जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गर्ने छन् । उनीहरूले आफूले जान चाहेको देश, विश्वविद्यालय र त्यहाँको शैक्षिक प्रणालीलगायत विभिन्न विषयमा जानकारी लिन सक्ने हबले जनाएको छ ।

कार्यक्रममा युके, आयरल्याण्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, फिनल्याण्ड, डेनमार्क, दुबई र भारतका विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहने छ ।

विद्यार्थीले विश्वव्यापी शैक्षिक संस्थामा आफ्नो भविष्यको शैक्षिक सम्भावनाका बारेमा बुझ्न र छलफल गर्ने अवसर प्राप्त गर्ने छन् । कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने हबले जनाएको छ ।

यस्तै कार्यक्रममा सहभागीमध्ये केही विद्यार्थीले सतप्रतिशत छात्रवृत्ति र आवेदन शुल्क छुट पनि पाउने हबले जनाएको छ ।  कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न पुरस्कारसमेत जित्ने हबले जनाएको छ ।



यो कार्यक्रम विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि पाठ्यक्रम, छात्रवृत्ति र आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नको लागि उत्कृष्ट अवसर हुने हबको विश्वास छ । शीर्ष संस्थानका प्रतिनिधिको उपस्थितिमा सहभागीले प्रत्यक्ष प्रश्न सोध्न सक्नेछन् । 

यस्तै, विद्यार्थीले विदेशमा अध्ययनका बारेमा महत्वपूर्ण जानकारीसमेत प्राप्त गर्ने हबले जनाएको छ । 



  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया