logo-img

राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा स्थानीयको प्रदर्शन जारी

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरूले मंगलबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरे ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

मंगलबार बिहानको प्रदर्शनमा स्थानीय संघ संस्था, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिए । गत बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।

बुधबार यता उनीहरूले दिनहुँ प्रदर्शन गर्दै आइरहेका छन् । केही दिनमा स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनका अगुवा नवीन विष्टले जानकारी दिए । 

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभइरहेको, उपकरण थन्क्याएर राखिएको एवं कार्यकारी प्रमुख नियुक्तिमा चलखेल भएको विष्टको भनाइ छ ।

अस्पतालबाट प्राप्त हुने सुविधा रोकेर राखेको, अर्बौको उपकरण थन्क्याएर राखिएको र एकाधिकारपूर्ण तरिकाले चिकित्सकलाई हटाइएको उनले जानकारी दिए ।



केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौँ रकम लगानी गरिसकेको छ साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको आन्दोलनका अगुवा चन्द्रलाल सुवालले बताए । 



  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया