शैक्षिक परामर्श क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको हब इन्टरनेशनल एजुकेशनले मंगलबार एजुकेशन फेयर सम्पन्न गरेको छ ।
‘ग्राण्ड मल्टि–डेस्टिनेसन एड्मिसन–डे–२०२४’ नाम दिइएको उक्त शैक्षिक मेलामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
मंगलबार बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्डलगायत विभिन्न देशमा अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चल्ने यो कार्यक्रम आज पहिलो दिन हबको हात्तिसारस्थित केन्द्रीय कार्यलयमा आयोजना गरिएको थियो दोस्रो दिन अर्थात् भोलि भने ललितपुरस्थित कुमारीपाटीमा एजुकेशन फेयर हुने हबले जनाएको छ ।
यो शैक्षिक मेलाले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई आफ्नो सपना पूरा गर्न थप सहयोग पुग्ने विश्वास हब एजुकेशनले लिएको छ ।
शैक्षिक मेलामा सहभागी विद्यार्थी र अभिभावकहरूले विश्वभरका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी तथा आफूलाई लागेको जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गरे ।
विद्यार्थीहरूले आफूले जान चाहेको देश, विश्वविद्यालय र त्यहाँको शैक्षिक प्रणााली लगायत विभिन्न विषयमा जानकारी लिएका छन् ।
कार्यक्रममा यूके, आयरल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, फिनल्यान्ड, डेनमार्क, दुबई र भारतका विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
एजुकेशन फेयरमा सहभागी भएर विद्यार्थीहरूले विश्वव्यापी शैक्षिक संस्थाहरूमा आफ्नो भविष्यको शैक्षिक सम्भावनाबारे बुझ्ने र छलफल गर्ने अवसर प्राप्त गरेका छन् ।
यो कार्यक्रम विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पाठ्यक्रम, छात्रवृत्ति र आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर भएको विश्वास हबले लिएको छ ।
एजुकेशन फेयरमा विद्यार्थी र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको हबकी सिइओ सरिता खड्काले जानकारी दिइन् ।
शैक्षिक मेलामा सहभागी भएर विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको देश, कोर्स, शैक्षिक संस्थालगायत विषयमा जानकारी दिएको उनको भनाइ छ ।
सिइओ खड्काले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै अन्य जुनसुकै दिन आएर पनि हबबाट वैदेशिक अध्ययनबारे जानकारी लिन सकिने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।