logo-img

बंगलादेशमा एकैदिन थपिए ५३४ जना डेंगु संक्रमित, पाँच जनाको मृत्यु

बंगलादेशमा मंगलबार मात्रै डेंगु संक्रमणबाट पाँच जनाकाे मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ५३४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । तथ्यांकअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डेंगुका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार डेंगुका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन-सेप्टेम्बर मनसुनको समय भएकाले बंगलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया