logo-img

कांग्रेसलाई रास्वपा सांसद झाको प्रश्न- भुटानी शरणार्थी बनाउँदा नेपालको शिर झुकेन ?

रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले बार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।  

उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदै छ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ । नेपालको शिर त्यस बेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ?  जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर ?’ 







  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया