बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे । निरीक्षणका क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे।
गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको संग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका थिए ।
साे अवसरमा गृहसचिव दुवाडीले नेपाल प्रहरीले शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पुर्याएको योगदानको प्रशंसा गरे । विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद पनि परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास व्यक्त गरे । नेपालको संविधान, कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको उनले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।