logo-img

हब इन्टरनेशनल कुमारीपाटीमा एजुकेशन फेयर

हब इन्टरनेशनल एजुकेशन कुमारीपाटीले बुधबार एजुकेशन फेयर सम्पन्न गरेको छ । हब इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीहरूलाई लक्षित गरेर ‘ग्राण्ड मल्टि–डेस्टिनेसन एडमिशन–डे–२०२४’ आयोजना गरेको थियो ।

पहिलो दिन हिजो (मंगलबार) काठमाडौंको हात्तिसारस्थित हबको केन्द्रीय कार्यालयमा एजुकेशन फेयर आयोजना गरिएको थियो भने आज ललितपुरस्थित कुमारीपाटी आयोजना गरिएको हो । उक्त शैक्षिक मेलामा एक सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

 

बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, दुबई, भारतलगायत विभिन्न देशमा अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थीको उपस्थिति रहेको थियो । 

यो शैक्षिक मेलाले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई आफ्नो सपना पूरा गर्न थप सहयोग पुग्ने विश्वास हब एजुकेशनले लिएको छ ।

शैक्षिक मेलामा विद्यार्थी र अभिभावकहरूले विश्वभरका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी तथा आफूलाई लागेको जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गरेका छन् ।



विद्यार्थीहरूले आफूले जान चाहेको देश, विश्वविद्यालय र त्यहाँको शैक्षिक प्रणााली लगायत विभिन्न विषयमा जानकारी लिएका छन् । 



उक्त एजुकेशन फेयरमा यूके, आयरल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, फिनल्यान्ड, डेनमार्क, दुबई र भारतका विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विदेशबाट उच्च शिक्षा लिने योजना बनाएका तर के गर्ने, कसो गर्ने, कहाँबाट राम्रो काउन्सिलिङ लिने भन्नेजस्ता विद्यार्थीको अन्योल हटाउनका लागि एकुकेशन फेयरको आयोजना गरिएको हब इन्टरनेशनल एजुकेशन कुमारीपाटी ब्रान्च इन्चार्ज सन्तोषी भण्डारीले जानकारी दिइन् ।

करिब दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आएको हब इन्टरनेशनल एजुकेशनले वैदेशिक शिक्षासम्बन्धी विद्यार्थीका जुनसुकै अन्योल तथा जिज्ञासालाई मेट्ने भण्डारीले बताइन् ।

एजुकेशन फेयरमा सहभागी भएर विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको देश, कोर्स, शैक्षिक संस्थालगायत विषयमा जानकारी लिएको उनको भनाइ छ ।

हबले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।

शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हबले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि पूरा गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारीपाटी (ललितपुर), पोखरा, चितवन, बुटवल, झापा र भैरहवामा यसका शाखा रहेका छन् ।

यसैगरी अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा समेत यसका शाखा कार्यालय रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया