logo-img

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२० मा अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ । 

गएराति साउथम्प्टनमा भएको खेलमा अस्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इङ्ग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो ।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनायो ।

उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यू सर्टले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए । यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए । 

इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई/दुई विकेट लिए । १८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडी रन बनाउन निकै संघर्षरत देखिए ।

लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठूलो बन्यो । यसैगरी कप्तान फिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमी ओभर्टन १५ रनमा पवेलियन फर्किए  । यसैगरी सकिव महमुदले १२ रन बनाए ।



अस्ट्रेलिया​का लागि सन एबटले तीन, एडम जाम्पा र जोस हेजलवुडले दुई/दुई विकेट लिए । जितसँगै अस्ट्रेलिया तीन खेलको टी–२०आई श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ ।  

 अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।



  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया