बैंकक– थाइल्यान्डका राजा बजिरालोंकर्नले आफ्नै निजी सुरक्षाकर्मीसँग विवाह गरेका छन् । तीनपटक बिहे गरी सम्बन्धविच्चेद गरिसकेका ६६ वर्षे राजाले निजी सुरक्षा संयन्त्रकी उपप्रमुख सुथिदा अयुध्यासँग चौथो विवाह गरेका हुन् ।
पिता भूमिवोल अदुल्यादेजको मृत्युपछि सन् २०१६ मा संवैधानिक राजा बनेका बजिरालोंकर्नको शनिबार राज्यारोहण हुँदै छ । राज्यारोहणकोे मुखैमा वक्तव्य जारी गर्दै शाही परिवारले राजाको विवाहबारे खुलाएको हो ।
थाई राजदरबारले जारी गरेको वक्तव्यअनुसार सात सन्तानका पिता वजिरालोंकर्नले जेनेरल सुथिदा अयुध्यासँग विवाह गरी उनलाई रानीको हैसियत दिएका छन् । विवाह घोषणा नहुँदै लामो समयदेखि अयुध्या राजानिकट देखिँदै आएकी थिइन् ।
थाई टेलिभिजनमा आएका विवाहका विवाहका दृष्यहरुमा राजपरिवारका अन्य सदस्य तथा सल्लाहकारहरु पनि उपस्थित देखिन्छन् । दृष्यमा राजा नवघोषित रानीलाई पवित्र जल छर्किइरहेका देखिन्छन् । राजाले कानुनी रुपमा विवाह दर्तासमेत गराइसकेका छन् ।
थाई एअरवेजमा कार्यरत् सुथिदालाई राजाले सन् २०१४ मा आफ्नो निजी सुरक्षा संयन्त्रको उपप्रमूख नियुक्त गरेका थिए । सुथिदालाई सन् २०१६ मा थाई सेनाको जेनेरल पद दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।