logo-img

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श’ कार्यक्रममा राजेश हमाल

हिमाल मल्टिमिडिया प्रालिको आयोजनामा काठमाडौंमा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने अभिप्रायसहित आउँदो असोज ५ गते शनिबारका दिन कार्यक्रम हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजे देखि सुरु हुने कार्यक्रम, विशेषतः कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहनेछ । वैदेशिक शिक्षा अध्ययनमा देखापरेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायत विषयवस्तु कार्यक्रममा समेटिनेछन् ।

महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधारसहित र विदेश पढ्न जाने योजना भएकाहरूलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहनेछ । 

हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिसँग वैदेशिक शिक्षाका बारेमा बुझ्नसमेत सकिनेछ ।
 





  • प्रकाशित मिति : भदौ २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया