स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यसबारे जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्– 'जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि.....'
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले उनीसँग भेट नभएको भन्दै उनले सचिवालयमा राजीनामापत्र बुझाएका हुन् । उनले राजीनामा गरेकाे मन्त्रीको सचिवालयले पुष्टि गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।