नेपालमा मान्छेमा पहिलो पटक बर्डफ्लू, एक युवकको मृत्यु
बर्डफ्लू देखिएपछि कुखुरा नष्ट गर्दै एक प्राविधिक टाेली । फाइल तस्वीर ।

काठमाडाैं– नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको छ । काभ्रे घर भएका २१ वर्षे युवकको बर्डफ्लूका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । युवककाे नाम खुलाइएकाे छैन ।

बर्डफ्लू (एचफाइभएनवान) नेपालमा मान्छेमा पहिलो पटक देखिएको हो । काभ्रेका ती युवक चैतमा रुघाखोकी तथा लगातार ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल पुगेका थिए । टेकुमा उनको ¥याल परीक्षणका लागि लगिएको थियो । 

१० चैतमा उपचारका लागि अस्पताल पुगेका युवकको भने १५ चैतमा नै मृत्यु भइसकेको थियो । टेकुको प्रयोगशालाले उनको र्यालमा भएको भाइरस पत्ता लगाउन नसकेपछि त्यसको स्याम्पल परीक्षणका लागि जापान पठाइएको थियो । 

जापानबाट प्राप्त रिपोर्टमा उनलाई बर्डफ्लू भएको प्रमाणित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

पछिल्ला केही महिनायता नेपालका विभिन्न ठाउँमा बर्डफ्लू देखिएको भन्दै हजारौँ कुखुरा नष्ट गरिएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार ११:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया