संयुक्त राष्ट्रसंघले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय (ओसिएच्ए) जानकारी दिएको छ ।
ओसिएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसंघ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।
साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको ओसिएइचएको कार्यालयले जनाएको छ । मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उदृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भीर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ ।
ओसिएइचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । सिमीत अस्पतालहरूमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँच योग्य छैनन् ।
वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्यांकन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।
ओसिएइचएले प्यालेस्टिनी र इजरायली सेना बीचको गोलीबारीले इजरायली अपरेसनको क्रममा बुधबार र बिहीबार सर्वसाधारणको घरहरू क्षतिग्रस्त हुँदा दर्जनौं परिवारहरू विस्थापित भएका जनाएको छ ।
वेस्ट बैंक क्षेत्रहरूमा घातक युद्ध र रणनीतिको प्रयोगले कानूनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको ओसिएइचएले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।