राहुल गान्धीलाई चुनाव आयोगको नोटिस

नयाँदिल्ली– भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई चुनाव आयोगले नोटिस दिएको छ । यसको जवाफ उनले ४८ घन्टाभित्र दिनुपर्नेछ । 

२३ अप्रिलमा मध्यप्रदेशको एक चुनावी सभामा उनले केन्द्र सरकारविरुद्ध आपत्तिजनक वक्तव्य दिएका थिए ।

‘नरेन्द्र मोदीले एक नयाँ कानुन बनाएका छन्, जसमा एक लाइन छ कि आदिवासीहरुलाई गोली हान्न सकिनेछ,’ राहुलले भनेका थिए, ‘जनजातिमाथि हमला हुनेछ । तपाईंको जमिन लिइनेछ, तपाईंको वन लिइनेछ, तपाईंको पानी खोसिनेछ ।’

लोकसभा चुनावका दौरान विवादास्पद बयान दिएर थुप्रै नेता कारबाहीमा परिसकेका छन् । 
 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १३:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया