नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचितले समस्या निम्त्याउने बताएका छन्।
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली दिन दिल्ली पुगेका नेपालले आइतबार पत्रकारसँग कुरा गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा आफूहरू नरहेको बताए।
प्रत्यक्ष जितेर गएकाले समस्या निम्त्याउने उल्लेख गर्दै उनले भने,‘ म त प्रत्यक्ष निर्वाचितको पक्षमा छैन, प्रत्यक्षले झन् समस्या निम्त्याउँछ भन्ने मेरो मान्यता छ। व्यक्ति यिनै हुन्। यिनैले प्रत्यक्षमा जितेपछि के हालत होला भन्ने अनुमान लगाउन सकिन्छ। एउटा पालिकाको प्रमुख जित्दा त हामीलाई कति हैरान भएको छ। देशको प्रमुख राष्ट्रपति हुने हो भने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने हो भने त्यसले के जटिलता ल्याउँछ भन्ने कुराको सन्दर्भमा विभिन्न देशको अनुभव हेर्दा थाहा हुन्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।