logo-img

कांग्रेस र एमालेले पनि सहकारीको पैसा अपचलन गरेका छन् : सांसद सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारीमा १ खर्बभन्दा बढी पैसा अपचलन.भएको बताएका छन् । आइतबार संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन् ।

उनले  भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी पैसा अपचलन भएको छ, त्यो  अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, वास्तवमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन,  कनकि ३० वर्षदेखि यो देशमा शासन कांग्रेस  र एमालेले गरिरहेको छ । त्यसैले यो  सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनको  लागि नयाँ सरकारमा समावेश गरेको हो । तर, यसमा सर्वोच्च अदालतले न्यायिक छानबिन गर्न आवश्यक छ ।’

साथै उनले सहकारीका दोषीलाई कारबाही गरिनुपर्ने  बताए । उनले सहकारीको पैसा अपचलन गरेकाहरूबाट पैसा असुल गरेर सहकारी पीडितलाई हस्तान्तरण गर्नुपर्ने बताए । 
 





  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया