स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बार्सिलोनाले गएराति सम्पन्न खेलमा जिरोनालाई ४–१ ले हरायो ।
बार्सिलोनाको जितका लागि लामिन यमलले दुई तथा डानी ओल्मो र पेड्रीले एक/एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको एक गोल फर्काए ।
यमलले ३०औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनले नै ३७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोलाई २–० ले अघि बढाए ।
खेलको ४७औँ मिनेटमा ओल्मोले गोल गर्दा बार्सिलोनाले ३–० को अग्रता पायो ।
खेलको ६४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी रहँदा स्टुआनीले जिरोनाका लागि सान्त्वना गोल फर्काए ।
८६औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । फेरान टोरेसले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको हो ।
यो जितसँगै बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले अघि छ ।
पराजित जिरोना पाँच खेलबाट ७ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।