logo-img

भूमिहीनका समस्या समाधान गर्न  एक महिनाभित्र आयोग गठन गर्ने तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाएका छन् । 

आज एसियाली किसान सङ्घको ११औँ साधारण सभालाई सम्बोधन गर्दै उनले आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गरेर एक महिनाभित्र आयोग गठनको काम गर्ने गरी मन्त्रालयले तयारी गरेको जानकारी दिए ।  

मन्त्री अधिकारीले किसानको उन्नति नभएसम्म देशको प्रगति नहुने भएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए  । ‘नीति राम्रो बनाएर व्यवहारमा लागू गराउन हामी लागिपरेका छौँ । कृषि क्षेत्रमा जलवायु परिवर्तनका असर धेरै परेकाले जलवायु उत्थानशीलता जोडेर काम गर्नुपर्ने अवस्था आएको छ’, उनले भने ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावकै कारण खाद्य अधिकार चुनौती बन्दै गएको उल्लेख गर्दै मन्त्री अधिकारीले संविधानमै व्यवस्था भएको यो अधिकार कार्यान्वयनका लागि काम भइरहेको सुनाए । 

मन्त्री अधिकारीले कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् । उनले किसानको प्रतिनिधित्व गर्ने किसानहरूले, कृषकका मर्म  बुझेकाहरूले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुहुने किसानहरूले, कृषकका मर्म बुझ्नुभएकाहरुले उहाँहरूले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’



साथै उनले किसानको उन्नति हुन्न नहुञ्जे देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरूलाई व्यवस्थित गर्न लागेको बताए  ।

उनले  भने, ‘जबसम्म किसानको उन्नति हुन्न,  जबसम्म कृषकहरूलाई अगुवा बनाउँदैनौँ तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरूमा त्यस्तो नहोला, आम रूपमा । त्यो पनि एसियाका देशहरू कृषि मै आधारित छौँ । कृषकहरूमा एक आपसमा सम्बन्ध जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरू अन्यत्र लान्छौँ, अन्यत्रका यहाँ ल्याउँछौँ । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौँ । अहिले नेपाल सरकारले जनतालाई आधारभूत रूपमा खाद्य सम्प्राभुद्धा अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरूको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरूलाई व्यवस्थित गर्न लागेको छ ।’



  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया