सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिनचिट पाएको जानकारी दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनै पनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको बताए ।
उनले भने, ‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिनचिट पाउनुभएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।