logo-img

रविकाे दाबी : सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपश्चात उनले रास्वपाले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए ।  

उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ । व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानुनी, अराजनीतिकजस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ ।’

यसका साथै, उनले विषयमा पीडित बचतकर्तालाई प्राथमिकता दिनुपर्ने ठाउँमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए । उनले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुँदैन । त्यसकारण आएका कुरालाई एमडीका रूपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर, मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो । रवि लामिछानेसँग जोडेर लाखौँ सहकारी पीडितमाथि पाप भएको छ । पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन । तर, आज विषय म हुनुपर्ने थिएन ।’





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया