logo-img

रवि लामिछानेले निर्दोष छु भन्न मिल्दैन : कांग्रेस प्रवक्ता डा.महत

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकपश्चात् उनले तलब–भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नभएको बताए ।

उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरूबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवार तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ । यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार कुरा अरू हुन सक्दैन ।’ 

यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरूलाई मध्यनजर गरेर कार्यार्थ गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको बताए । उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुरालाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन ।’





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया