भारतमा आँधीको त्रास : सेना हाई अलर्टमा, शैक्षिक संस्था बन्द

नयाँदिल्ली– भारतीय मौसम विभागले शुक्रबार भीषण चक्रवात आउने जनाएपछि भारतको उडिसामा रक्षा संयन्त्रलाई हाई अलर्टमा राखिएको छ । तटीय क्षेत्रमा रहेका हजारौँ मानिसलाई सुरक्षित स्थलमा लगिएको छ भने शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ ।

सो आँधीको असर उत्तर प्रदेश, विहार, उत्तराखण्ड, झारखण्ड, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु र पोन्डिचेरीसम्म देखिने मौसम विभागले जनाएको छ । मौसम विभागले उत्तर प्रदेशका किसानलाई चेतावनी दिँदै प्रदेशमा बिहीबार र शुक्रबार हावा र वर्षाको सम्भावना रहेको जनाएको छ । 

सो प्रदेशमा हल्का वर्षा हुनुका साथै ३० देखि ४० प्रतिघन्टाको तीव्र गतिमा हावा चल्नेछ । यसका कारण आद्रताको मात्रा ८० देखि ९० प्रतिशत हुने सम्भावना रहेको छ । बंगालको खाडीमा बनेको ‘फानी’ नामको चक्रवातका कारण आँधी आउने जनाइएकाे छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १४:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया