logo-img

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत  मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया