‘नेपाल हिरो अफ ट्यालेन्ट’ सो : एक करोडको पुरस्कार, विश्व भ्रमणको अवसर

काठमाडौं– एञ्जल मिडिया प्रालिको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ सो हुने भएको छ । सोमा प्रतिस्पर्धीले आफूमा भएको गायन, नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । सोमा जुनसुकै उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । 

सोका लागि चैत २५ गतेदेखि अडिसन सुरु भइसकेको छ । झापाबाट सुरु भएको अडिसन नेपालगन्जमा वैशाख २२ गते, पोखरामा वैशाख २८ र २९ गते, काठमाडौंमा जेठ ५, ६ र ७ गते, धादिङबेसीमा वैशाख ३१ र जेठ १ गते, दाङमा वैशाख २५ गते, बुटवलमा जेठ १६ र १७ गते, धनगढीमा जेठ २२ गते र धनगढीमा जेठ २५ गते हुनेछ । 

महिला र पुरुष दुवैले सहभागी हुन पाउने अडिसनको सुरुवातमा निर्णायकको निर्णयबाट प्रतिस्पर्धी छानिनेछ । टप–२० पछि भने भोटिङ सुरु हुनेछ । सोमा निर्णायकका रूपमा आनन्द कार्की, ओमप्रकाश राई र एलिना बास्कोटा रहनेछन् । 

सोमा प्रथम हुने विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख रुपैयाँ हात पार्ने आयोजकले जानकारी दिएका छन् । त्यस्तै, टप १० मा पुगेकालाई विश्व भ्रमणको अवसर दिइनेछ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १५:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया