logo-img

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको बिदाइ

साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो । सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन् । 

उनले भने, ‘तपाईँहरू जुन खेलको लागि जाँदै हुनुहुन्छ त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जाँदै हुनुहुन्छ । गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु ।’

यसको साथै, उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोसिसमा रहेको पनि बताए । उनले भने, ‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ । म विश्वास दिलाउन चाहन्छु छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोसिसमा छु ।’ 





  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया