पूर्वमन्त्री राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन्। बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक उनले मंगलबार नयाँ पार्टीको घोषणा गरेका हुन् ।
काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे।
लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको उनको धारणा छ ।
तीन दिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्तिलगायतका एजेण्डामा छलफल हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।