बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमा डिनामो जाग्रेबविरुद्ध ९–२ को जित निकालेको छ ।
मंगलबार राति एलियान्ज रंगशालामा भएको खेलमा बायर्नलाई जित दिलाउन केनले चार, माइकल ओलीसेले दुई तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान एक गोल गरे ।
जाग्रेबका लागि ब्रुनो पेट्कोभिच र टाकिया ओगिवाराले गोल फर्काए । खेलको १९औँ मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लियो । ३३औँ मिनेटमा गुरेरोले बायर्नको अग्रता दोब्बर बनाए ।
त्यसको पाँच मिनेटपछि ओलिसेले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । ४८औँ मिनेटमा पेट्कोभिचले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । दुई मिनेटपछि नै ओगिवाराले गोल गर्दै जाग्रेबलाई खेलमा फर्काउने कोसिस गरे ।
५७औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ४–२ को अग्रता दिलाए । ओलिसेले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ५–२ ले अघि बढ्यो । ७३औँ मिनेटमा केनले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै बायर्नलाई ६–२ को अग्रता दिलाए ।
पाँच मिनेटपछि केनले पेनाल्टीमार्फत नै व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गरे । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा सानेले गोल गर्दै बायर्नलाई ८–२ ले अघि बढाए ।
इन्जुरी समयमा गारेट्जकाले गोल गर्दै बायर्नलाई ९–२ को सानदार जित दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।