युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित दर्ता गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा रियलले जर्मन क्लब भिएबी स्टुडगार्डविरुद्ध ३–१ को जित दर्ता गरेको हो । रियलको जितमा केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक एक/एक गोल गरे । स्टुडगार्डका लागि डिनिज अन्डाभले एक गोल फर्काए ।
खेलको ४६औँ मिनेटमा एमबाप्पे गोल गर्दै रियलाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोको पासमा गोल गरेका हुन् ।
यस्तै, ६८औँ मिनेटमा स्टुडगार्डका अन्डाभले बराबरी गोल फर्काए । ८३औँ मिनेटमा लुका मोड्रिडको पासमा रुडिगरले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । इन्जुुरी समयमा एन्ड्रिकले गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।
यस्तै, च्याम्पियन्स लिग बायर्न म्युनिख, लिभरपुल, स्पोर्टिङ सिपी, युभेन्टस र एस्टन भिल्लाले पनि पहिलो खेलमा जित दर्ता गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।