पहिलो पार्टी हुने गरी नीति बनाउन देउवाको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्ने गरी नीति बनाउन निर्देशन दिएका छन् । बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी नीति बनाउन निर्देशन दिएका हुन् । 

नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै देउवाले पार्टीले अवलम्बन गर्ने नीति नै उसको जितको आधार हुने बताए ।  पार्टीभित्र आन्तरिक अनुशसन कायम गर्नका लागि कार्यकर्तामाझ प्रशिक्षण सञ्चालन आवश्यक रहेको देउवाको भनाइ थियो । 

आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुँदै जाँदा सिंगो पार्टी पंक्तिनै कमजोर भएको भन्दै सभापति देउवाले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको बताए । 

प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति नीधिले नवनियुक्त सदस्यलाई सपथ गराएका थिए । पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । 

प्रा. पुरुषोत्तम दाहाल संयोजक रहेको ५१ सदस्यीय प्रशिक्षण प्रतिष्ठानमा पछिल्लोपटक सपथ लिएका सदस्य समेत गरी ४८ जना सदस्य पुगेका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १८:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया