logo-img

इटहरी उपमहानगरले सुरु गर्‍यो विद्युतीय बस सेवा

नगरवासीको सुविधालाई दृष्टिगत गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरूप सेवा प्रारम्भ गरिएको हो । 

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपरान्ह २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका लागि हाललाई २० रुपैयाँ तोकिएको छ ।

गत २२ साउनमा ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले बस खरिद गरेको थियो । अपाङ्गता भएका व्यक्तिहरूले पनि यी बसमा सहजरूपमा यात्रा गर्न सक्ने छन् ।  





  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया