२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाउँदै कार्यदल

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्याैदा बुझाउने तयारी गरेकाे छ । 

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई आज बुधबार बुझाउने तयारी रहेको कार्यदल सदस्य तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।



कांग्रेस एमालेबीच भएको सातबुँदे सहमति अनुसार नै न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनेको उल्लेख गर्दै डा.महतले भने, ‘मस्यौदा तयार भएको छ । अहिले केहीबेरमा प्रधानमन्त्रीलाई बुझाउने तयारी हुँदैछ ।’

मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।





  • प्रकाशित मिति : २ असोज, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया