logo-img

न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाउँदै कार्यदल

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्याैदा बुझाउने तयारी गरेकाे छ । 

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई आज बुधबार बुझाउने तयारी रहेको कार्यदल सदस्य तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस एमालेबीच भएको सातबुँदे सहमति अनुसार नै न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनेको उल्लेख गर्दै डा.महतले भने, ‘मस्यौदा तयार भएको छ । अहिले केहीबेरमा प्रधानमन्त्रीलाई बुझाउने तयारी हुँदैछ ।’

मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।







  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया