फिल्म बनाउँदै छन् बाराक–मिसेल ओबामा, ७ प्राेजेक्टकाे घाेषणा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएका छन् । पत्नी मिसेल ओबामासहित उनले फिल्म र सिरिज निर्माण गर्न लागेका हुन् । ओबामा दम्पत्तीका अनुसार मनाेरञ्जनका लागि मात्र नभएर मानिसलाई शिक्षित गराउन चलचित्र निर्माण गर्न लागिएकाे हाे । 

सात प्राेजेक्टकाे घाेषणा

पूर्वराष्ट्रपति ओबामाले गत वर्ष आफ्नाे प्राेडक्सन कम्पनी हायर ग्राउन्ड बनाएका थिए । जसअन्तर्गत उनले ७ प्राेजेक्टकाे घाेषणा गरेका थिए । उनीहरुले प्रिया स्वामीनाथन र टाेनिया डेविससँग मिलेर आफ्नाे महत्वकांक्षी याेजनामा काम गर्नेछन् । 

आगामी वर्ष ओबामा दम्पतीले फ्रेडरिक डगलसमा फिल्म बनाउनेछन् । यसकाे कथा पुलिट्जर अवार्ड विजेता डेविड डब्ल्यु ब्लाइटकाे जीवनीबाट लिएकाे छ । तर कम्पनीकाे पहिलाे प्राेजेक्ट स्टेभेन बाेगनार र जुलिया रिसर्टकाे सन डान्स फिल्म फेस्टिभल डक्युमेन्ट्री अमेरिकन  फ्याक्ट्रीमा आधारित हुनेछ । 





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार ८:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया