logo-img

चीनको सांघाइमा आएको आँधीका कारण श्रमिक विस्थापित

चीनको सांघाइ सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको बर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

बिहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको सीसीटिभीप्लसले जनाएको छ । तर ठूलो क्षतिका घटनाहरू भएका छैनन् भने आँधीको बेग कम हुँदै गएको छ । 

पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघन्टाको वेगमा अवतरण गरेको थियो । जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरू खाली गराइएको छ । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो ।

केही दिनअघि बेबिनकाले आँधीले विध्वंस मच्चाए लगत्तै दोस्रो आँधी आएको हो । सन् १९४९ यस्तै किसिमको शक्तिशाली आँधी आएको एजेन्सीहरूले जनाएका छन् ।  







  • प्रकाशित मिति : असोज ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया