logo-img

सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै दललाई मन्त्री पाण्डेकाे आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूला पार्टीले सत्ता सहकार्य गरेकाे बताएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले सबै राजनीतिक दललाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । 

नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्। मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने उनकाे भनाइ छ । 

मन्त्री पाण्डेले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए। सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ थियो।

मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिबद्ध रहेको पनि मन्त्री पाण्डेले बताए। उनले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीलाई सचेत पनि गराएका छन्।







  • प्रकाशित मिति : असोज ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया