logo-img

दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि १० दिन थुनामा राखिने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ। 

प्रसाईं साइबर अपराधको कसुरमा आइतबार दिउँसो पक्राउ परेका हुन् । प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले अनुमति मागेको थियाे । 

असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। 

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।







  • प्रकाशित मिति : असोज ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया